गाजामा मृत्यु हुनेको संख्या दुई हजार २१५ पुग्यो
प्रकाशित:
२०८०, २७ आश्विन

जागा । एक साताअघि दक्षिणी इजराइलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजराइली हमलामा मर्नेहरूको सङ्ख्या सात सय २४ बालबालिकासहित कम्तीमा दुई हजार दुई सय १५ पुगेको प्यालेस्टिनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ ।
मन्त्रालयले हमलामा मारिनेहरूमा चार सय ५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार सात सय १४ जना घाइते भएका छन् । यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घन्टामा मात्र कम्तीमा तीन सय २४ जना मारिएको जनाएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
