टिकटक बनाएर २० हजार रुपैयाँ जित्ने अवसर
अखबार टुडे
प्रकाशित:
२०८०, २७ आश्विन

काठमाडौं । ‘टिकटक’मा रमाउनेका लागि खुसीको खबर छ । युवा जमात टिकटकमा आकर्षित भइरहेकै बेला चर्चित गायिका मेलिना राई र गायक चुडामणि मगरले गाएको पछिल्लो गीत ‘मुखले ठिक बनाउने’मा टिकटक प्रतियोगिता घोषणा गरिएको छ ।

हालैमात्र सार्वजनिक भएको उक्त गीतले यतिखेर दर्शक तथा श्रोताको मन जितिरहेको छ । यसैबेला नेपालीको महानपर्व दशैँ, तिहार र छटपर्वको अवसर पारे ‘मुखले ठिक बनाउने’ गीतको टिकटक कम्पिटिसन गरिएको गायक चुडामणिले बताए ।

यस कम्पिटिसनमा प्रथम हुनेलाई नगद २० हजार र दोस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार घोषणा गरिएको छ । यस कम्पिटिसनमा सहभागी हुनका लागि केही प्रावधान भने पालना गर्नुपर्नेछ ।

जसमा टिकटक भिडियो बनाउँदा कम्तिमा ३० सेकेण्डको हुनुपर्नेछ । त्यस्तै, छनोट प्रक्रिया भने ५० प्रतिशत मेकिङ र ५० प्रतिशत लाइक तथा भ्युजको आधारमा प्रथम र दोस्रो विजेता घोषणा गरिने जनाइएको छ । टिकटक भिडियो बनाएपछि मंसिर २५ गतेभित्र पोष्ट गरिसक्नुपर्नेछ । विजेता घोषणा भने पुस १० गते गरिने यस गीतका गायक चुडामणि मगरले जानकारी दिए ।

भद्र नकलको शब्द र संगीत रहेको यस गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र टम्पशेर राईले अभिनय गरेका छन् । पूर्वेली लोकलयमा आधारित यस गीतको भिडियोलाई तारावीर पाण्डेले निर्देशन गरेका हुन् ।

सन् २०१४ देखि गायनमा सक्रिय रहँदै आएका गायक चुडामणिले यसअघि ‘उदायो बिहानी’, ‘कान्छीको जवानी’, ‘वीर गोखौली’जस्ता चर्चित गीत ल्याइसकेका छन् । रोजगारीको क्रममा हाल मलेसियामा रहेका चुडामणिको यो पछिल्लो गीत हो ।

प्रतिक्रिया