जूमको १२ औं शाखा कौशलटारमा
अखबार टुडे
प्रकाशित:
२०८०, २२ आश्विन

काठमाडौं । सौन्दर्यको क्षेत्रमा नेपालको स्थापित ब्रान्ड बनिसकेको जुम ब्यूटी एकेडेमीको कौशलटारस्थित १२ औं शाखाको गायक प्रकाश सपुतले सुभारम्भ गरेका छन् । एकेडेमीकी ब्रान्ड एम्बासेडर नायिका केकी अधिकारीका साथमा गायक एवं नायक सपुतले उक्त शाखाको एक कार्यक्रमबीच शनिबार उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि बोल्दै गायक प्रकाश सपुतले जुमले १२ औं शाखा विस्तारसम्म कैयौं महिला दिदीबहिनीलाई तालिम र रोजगारीमार्फत सुन्दर र शशक्त बनाउन योगदान पुर्‍याएको बताए । त्यसैगरी नायिका केकी अधिकारीले जुमले छोटो अवधिमा ठूलो उपलब्धि हाँसिल गर्दैे १२औं शाखासम्म पुगेकोे बताइन् ।

कार्यक्रममा जुमकी सीईओ एवं संस्थापक जुनु चक्रधरले जुमको प्रत्येक शाखाको स्थापनासँगै यहाँ कम्तीमा पनि १० जना महिलाले रोजगारी पाउने भएकाले यसले गर्दा आफूले समाजप्रतिको दायित्व पनि पुरा गरेको बताइन् । एकेडेमीले आफ्नो १२ औं शाखा बिस्तार गरिसकुन्जेल यसले हजारौं विद्यार्थीलाई सक्षम र क्षमतावान बनाएको र कैयौं युवती र महिलालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर महिला श-शक्तिकरणमा महत्वपूर्ण भूमिका निभाएको उनको भनाइ छ ।

जुमले महिला शशक्तिकरणका साथ-साथै उनीहरुले देशभित्रै पाएको रोजगारीले उनीहरुको परिवारलाई पनि सहयोग पुर्‍याएको र महिलालाई आफ्नै देशमा स्वाबलम्बी भएर बाँच्न सिकाएको जुम एकेडेमीका निर्देशक क्रिशप त्वायनाबासुले बताए । जुमले हालसम्म कुपन्डोल, भक्तपुर, महाराजगञ्ज, कलंकी, तीनकुने, बौद्ध, बनेपा, गोंगबु, बालाजु, ग्वार्खु, स्वयम्भूमा पनि शाखा सञ्चालन गरिसकेको छ।

प्रतिक्रिया