सोमबारदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला
अखबार टुडे
प्रकाशित:
२०८०, १९ आश्विन

काठमाडौं । सरकारले दसैँका लागि आउँदो सोमबारदेखि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुला गर्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले सोमबारदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार अग्रिम बुकिङ खुला गर्ने निर्णय भएपनि हेल्प डेस्क, सवारी भाडा कति राख्ने, कुनकुन रूटमा सवारीसाधन कति चलाउने भन्नेबारे निर्णय भइसकेको छैन ।
अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक उद्धव रिजालले टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने बताएका छन् । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाटै कडा अनुगमन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया