नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी
अखबार टुडे
प्रकाशित:
२०८०, १६ आश्विन

काठमाण्डौं । बाँकेको नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सृजना हुने अवस्था देखिएपछि कर्फ्युको आदेश जारी गरिएको हो ।

यो ओदश आज दिउँसो १ बजेदेखि लागू हुने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनाकारी दिए । बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो । हिन्दुहरुको समूहले नेपालगञ्जमा प्रदर्शन गरेको छ ।

र्‍यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि कर्फ्यु लगाउनुपरेको हो । नेपालगञ्जको सुरक्षा व्यवस्था कडा पारेको प्रजिअ आचार्यले जानकारी दिए ।

प्रतिक्रिया