‘मिस एण्ड मिसेस युनिभर्सल-२०२३’ सम्पन्न, सुष्मा र दियालाई शीर्ष ताज
अखबार टुडे
प्रकाशित:
२०८०, ९ आश्विन

काठमाडौं, ९ असोज । ‘मिस एण्ड मिसेस युनिभर्सल–२०२३’को दोस्रो संस्करण सम्पन्न भएको छ । स्पार्कल इन्टरटेनमेन्टद्वारा आयोजित ‘न्यू लुक मिस एण्ड मिसेस युनिभर्सल’मा मिसेसतर्फ सुष्मा सुबेदीले उपाधि जित्न सफल भएकी छन् ।

यस्तै, मिसतर्फ दिया उपाध्यायले शीर्ष ताज पहिरिएकी छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा मिसेसतर्फ क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप एलिना श्रेष्ठ र तिलु राना मगर भए ।

यस्तै, कार्यक्रममा मिसतर्फ प्रशंसा पोखरेल फस्ट रनरअप तथा कमला श्रेष्ठ सेकेण्ड रनरअप भएका छन् । प्रतियोगितामा विजेताहरुलाई ताज तथा विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

पूर्वमिस नेपाल उषा खड्की मुख्य निर्णायक रहेको प्रतियोगितामा सञ्जय खतिवडा, गायक ओम सुनार, निता सापकोटा, विश्वकरण जैनलगायत निर्णायक रहेका थिए । । रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न कार्यक्रमको को-अर्डिनेटर सञ्चारकर्मी समेत रहेकी अमृता राईले गरेकी थिइन् । कार्यक्रम सोचेभन्दा सभ्य र भव्य भएको आयोजक संस्थाकी सीईओ नितु श्रेष्ठले बताइन् ।

प्रतिक्रिया