अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष रुसको अपराधीको सूचीमा
अखबार टुडे
प्रकाशित:
२०८०, ८ आश्विन

मस्को, ८ असोज (एजेन्सी) । रुसले अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ ।

रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न खोज्ने अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई सोमबार खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको हो ।

पोल्याण्डका नागरिक होफम्यानस्कीलाई रुसी महासंघको फौजदारी संहिताको एक दफाअन्तर्गत फरार व्यक्तिको सूचीमा समावेश गरिएको रूसी समाचार ुएजेन्सीुहरूले त्यहाँको गृह मन्त्रालयलाई उद्धृत गर्दै जनाएका छन् । सन् २०१५ देखि आइसिसीको न्यायाधीश रहनुभएका होफम्यानस्की २०२१ को मार्चमा अध्यक्ष चुनिएका हुन् ।

प्रतिक्रिया