‘मोडल हन्ट नेपाल-२०२३’को खोजी सुरु
अखबार टुडे
प्रकाशित:
२०८०, ७ आश्विन

काठमाडौं, ७ असोज । ‘मोडल हन्ट नेपाल–२०२३’को खोजी सुरु भएको छ । प्रतियोगीताको आठौं संस्करण हो । नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार बिज्ञप्ती जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुल्ला भएको जनाएको छ ।

युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान रहेको प्रतियोगीताको आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ । फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।

प्रतियोगिताको विजेता पुरुष प्रतियोगीले पार्टो रिको देशमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगीता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र महिला विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुको अलवा विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

पछिल्लो समय सौन्दर्य प्रतियोगीतामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ । यस्ता प्रतियोगिताले दबिवएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने आयोजकको भनाइ छ ।

प्रतिक्रिया