प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट
अखबार टुडे
प्रकाशित:
२०८०, ५ आश्विन

काठमाडौं, ५ असोज । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ ।

महासभामा भाग लिन पुगेका विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा बाइडेनले दिएको रात्रिभोजका क्रममा प्रचण्ड र बाइडेनबीच भेट भएको हो ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले दुई नेताबीच भेटवार्ता भएको तस्बिर सार्वजनिक गरेको छ । भेटपछि प्रधानमन्त्री प्रचण्डले न्यानो आतिथ्यताका लागि बाइडेन दम्पतीलाई आभार तथा धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्ड २३ सेप्टेम्बरमा अमेरिकाबाट चीन भ्रमणमा जाँदैछन् ।

प्रतिक्रिया