ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
प्रकाशित:
२०८०, ३१ भाद्र

काठमाडौं, ३१ भदौ (एजेन्सी) । ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । अमेजोन राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान बार्सिलोसमा दुर्घटना भएको हो ।
दुर्घटना भएको स्थान मनौसको विमानस्थलबाट ४ सय किलोमिटरको दूरीमा रहेको बताइएको छ । सानो आकारको विमानमा चालक दलका दुई सदस्य र १२ जना यात्रु थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान छ । तर, यकिन कारण खुलिसकेको छैन, अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
