ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, ३१ भाद्र

काठमाडौं, ३१ भदौ (एजेन्सी) । ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । अमेजोन राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान बार्सिलोसमा दुर्घटना भएको हो ।

दुर्घटना भएको स्थान मनौसको विमानस्थलबाट ४ सय किलोमिटरको दूरीमा रहेको बताइएको छ । सानो आकारको विमानमा चालक दलका दुई सदस्य र १२ जना यात्रु थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान छ । तर, यकिन कारण खुलिसकेको छैन, अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया