सातै प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप अभियान सुरु
अखबार टुडे
प्रकाशित:
२०८०, २७ भाद्र

काठमाडौं, २७ भदौं । पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप अभियान सुरु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले अभियानको उद्घाटन गरेका हुन् ।

मन्त्री बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट शुभारम्भ गरे । यस अभियानअन्तर्गत सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेसन’का रूपमा दिइन थालिएको हो ।

प २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइने छ । खोप अभियान आज बुधबार ६ प्रदेशका ६ अस्पतालमा र बिहीबार कोशी प्रदेशको कोशी अस्पतालबाट किशोरीलाई एचपिभी खोप दिइनेछ ।

बुधबार मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइने छ । खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ । पहिलो मात्रा दिइने र ६ महिनापछि दोस्रो मात्रा खोप दिइने छ । पहिलो मात्रा जहाँ लगाएको हो त्यही नै दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ ।

सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप लगाउनका लागि २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो ।

प्रतिक्रिया