सुवास नेम्बाङको अन्त्येष्टि बिहीबार गरिने, बुधबार पनि पार्टी कार्यलयमा राखिने
अखबार टुडे
प्रकाशित:
२०८०, २६ भाद्र

काठमाडौं, २६ भदौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे हुने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ ।

एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ भने पार्टीको झण्डा तीन दिन आधा झुकाउने भएको छ ।

बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन् । १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्ने बताइएको छ ।

छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रहअनुसार भोलि बुधबार पनि दिनभर नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । नेम्वाङका २ छोरी र २ छोरा छन् । छोरीहरू भने काठमाडौंमै छन् ।

नेता नेम्वाङको हृदयघातका कारण मंगलबार बिहान निधन भएको थियो । शिक्षण अस्पतालले नेम्वाङलाई अस्पताल पु¥याउँदा निधन भइसकेको जनाएको थियो ।

प्रतिक्रिया