एमाले उपाध्यक्ष सुवासको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि पार्टी कार्यलयमा
अखबार टुडे
प्रकाशित:
२०८०, २६ भाद्र

काठमाडौं, २६ भदौं । नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्बाङको सोमबार राति हिृदयघाटबाट निधन भएको थियो ।

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार केहीबेरमै पार्टी कार्यालयमा पु¥याइनेछ । १२ बजेपछि श्रद्धाञ्जलीको कार्यक्रम राख्ने एमालेको तयारी छ । नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गरिने उनका परिवारजनले जनाएको छ । बालुवाटारस्थित निवासमै समस्या भएपछि सोमबार राति उनलाई अस्पताल लगिएको थियो । तर, अस्पताल पु¥याउँदा उनको निधन भइसकेको थियो ।

प्रतिक्रिया