एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
अखबार टुडे
प्रकाशित:
२०८०, २६ भाद्र

काठमाडौं, २६ भदौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधन भएको छ । सोमबार राति घरभित्रकै शौचालयमा बेहोस अवस्थामा भेटिएका उनलाई त्रिवि शिक्षण अस्पताल पुर्याउँदा मृत्यु भइसकेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार गएराति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको थियो ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।

नेम्वाङको निधनपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ । नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको हो । हृदयघातपछि उनलाई अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

एमाले नेता प्रदीप ज्ञवाली त्रिवि शिक्षण अस्पतालबाट पार्थिक शरीर पार्टी कार्यालय लैजान लागिएको बताए । उनले मंगलबार बिहान ७ बजेपछि पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिने उनको भनाइ छ ।
नेम्वाङको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् । राति नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतक नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रतिक्रिया