अमेरिका भ्रमण गर्ने टोलीको संख्या ५ सदस्यीयमात्रै बनाउन प्रधानमन्त्रीको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०८०, २५ भाद्र

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले अमेरिका भ्रमणका लागि यसअघि निर्णय गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका हुन् ।

भ्रमणमा अब प्रधानमन्त्रीसँग एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुने छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन दाहाल २९ भदौमा अमेरिका जाँदैछन् ।

प्रतिक्रिया