ललिता निवास प्रकरण : १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कोसँग कति माग ?
अखबार टुडे
प्रकाशित:
२०८०, २४ भाद्र

काठमाडौं, २४ भदौ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलास थुनामा रहेका १८ जनामध्ये एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

कोसँग कति धरौटी माग ?

केशव तुलाधर– साधारण तारेखमा रिहा
मीन बहादुर गुरुङ– २ करोड ४६ लाख
शिवजी भट्ट–३ लाख ३० हजार
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ– ७ लाख ५० हजार
कलाधर देउजा– १५ लाख
घमन कुमार कार्की– ७ लाख ५० हजार
गोपाल कार्की– ७ लाख ५० हजार
विनोद पौडेल– १५ लाख
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र –७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ –७ लाख ५०
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन– १ लाख १०
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जय कुमार महर्जन– १ लाख १० हजार

लोकरि घिमिरे– ७ लाख ५० हजार

प्रतिक्रिया