कोशीका नवनियुक्त मुख्यमन्त्रीसँगै र तीन मन्त्रीले लिए सपथ
अखबार टुडे
प्रकाशित:
२०८०, २२ भाद्र

विराटनगर, २२ भदौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष उनले पद तथा शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरुले पनि शपथ लिएका छन् ।
सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् ।

प्रतिक्रिया