‘आउन बुढा नाचम् कम्मरै भाँचम्’ सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०८०, १७ भाद्र

काठमाडौं १६ भाद्र । तृष्णा फिल्मस् मिडिया प्रालिको प्रस्तुती रहेको ‘आउन बुढा नाचम् कम्मरै भाँचम्’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

शव्द र संगीत ममता खत्री बस्नेतको रहेको यस गीतमा धीरज अधिकारी ‘खत्री’, विमला गैरेलगायतको स्वर रहेको छ । प्रेम शर्मा पौडेलको कोरियोग्राफी रहेको भिडियोमा प्रेम शर्मा पौडेल, धीरज अधिकारी ‘खत्री’ कविता अधिकारी, लक्ष्मी लामा, राज गजमेर, गीता दाहाल, दीपा खनाल, बिमला भुजेल, गोमा गुरागाईं हेमा भण्डारी, छुमा गैरे, कान्छी सुनार लगायतले अभिनय गरेका छन् । केशव अधिकारी ‘खत्री’ले खिचेको भिडियोको निर्देशन प्रेम शर्मा पौडेल नै गरेका हुन् ।

प्रतिक्रिया