छिमेकीले हाम्रो नक्साको सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय
अखबार टुडे
प्रकाशित:
२०८०, १५ भाद्र

काठमाडौं, १५ भदौं । सरकारले नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई छिमेकीहरुले सम्मान गर्नुपर्ने जनाएको छ ।

चीनले यही गएको २८ अगस्टमा जारी गरेको नयाँ नक्साका बारेमा आफ्नो धारणा स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले संसदले सर्वसम्मतरुपमा स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट रहेको बताएको हो ।

शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार विश्वास गर्छ ।’ साथै, मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ ।

हालै चीनले सार्वजनिक गरेको आफ्नो राजनीतिक नयाँ नक्समा नेपालको चुच्चे नक्सा समावेश नगरेपछि यो प्रशंग आएको हो । चीनले सार्वजनिक गरेको नयाँ नक्सामा आफूहरुको भूभाग समेटिएको भन्दै भारत, फिलिपिन्स र मलेसियाले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया