मनाङमा हिउँ चितुवाको संरक्षणका लागि मैत्रीपूर्ण फुटबल- स्नो लेपर्ड, कान्जिसरा, पिसाङ र मनाङ याकबिच प्रतिशपर्धा हुने
अखबार टुडे
प्रकाशित:
२०८०, १३ भाद्र

काठमाडौं, १३ भदौं । बायोकोस नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल ) र ऐन्ट फाउडेशनको संयूक्त आयोजनामा मनाङ जिल्लाका बिभिन्न स्थानमा याक र हिउँ चितुवाको संरक्षणका लागि मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।

स्थानिय जनताले हालसम्म मनाङमा गरेको प्रकृति संरक्षणलाइ सम्मान गर्दै स्थानिय युवाहरुलाइ हिउँ चितुवा लगायतका वन्यजन्तुहरुको संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तु विच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरको बारेमा सूचित गर्ने र पर्यापर्यटन प्रबद्र्धनमा प्रोत्साहन गर्ने उदेश्यका साथ यही भदौ २५ देखि २७ गतेसम्म मनाङ जिल्लाको तिमाङ, पिसाङ र मुङजीमा अवस्थित मैदानहरुमा फुटबल खेल आयोजना हुने भएको हो ।

मैत्रिपूर्ण फुटबल खेलमा सेलिब्रेटि टिम हिमालयन स्नो लेपर्ड (राष्ट्रिय स्तरका ख्याती प्राप्त खेलाडीहरु, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका बिजेताहरु), स्थानिय खेलाडी टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याकबिच प्रतिशपर्धा हुनेछ ।

टिम हिमालयन स्नो लेपर्डमा कालाकार ( प्रसान्त ताम्राकार, आंचल शर्मा, त्रिचु राइ, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान), खेलाडी (हरि खड्का,अनिल गरुङ, निरु थापा, अस्मिता रान्पाल, सिता तामाङ, उपेन्द्रमान सिंह), मिस नेपाल वल्र्ड सृच्छा प्रधान, मिस्टर नेपाल समरपन कार्कि, मिस युनिभर्स नेपाल सोफिया भुजेल, प्रिस्का उदास, मिस्टर नेपाल रनरअप निमेष कपाली रहने छन ।

टिम कान्जिसराका खेलाडिहरु मुनिन्द्र जङ्ग गुरुङ्ग, लोकेन्द्र घले, दिलबहादुर गुरुङ्ग, लोपसाङ्ग लामा, सविन श्रेष्ठ, मंगल देव गुरुङ्ग, लिल बहादुर गुरुङ्ग, लक्ष्मण गाउले, धन बहादुर गौचन, काइली गुरुङ्ग, खड्ग जङ्ग गुरुङ्ग, गणेश घले, विनोद लामा, दिपेन्द्र गोदार, दावा छिरिङ्ग लामा र मिङ्गमार डोल्मा लामा छन् ।

टिम पिसाङका खेलाडिहरु लोङ्गदुप गुरुङ्ग, पाल्देन गुरुङ्ग, जेप्स गुरुङ्ग,विजेन्द्र गुरुङ्ग, लाक्पा गुरुङ्ग, राम बहादुर गुरुङ्ग, कर्मा छिपे, अर्जुन गुरुङ्ग, नरेश गुरुङ्ग, कर्मा नुदुप, लाक्पा टासी लामा, राजु गुरुङ्ग, दोर्जे गुरुङ्ग, कर्मा लामा र मिङ्गमार गुरुङ्ग छन् ।

टिम मनाङका खेलाडिहरु सोनामा लामा, पेमा छिरिङ्ग, कर्मा टासी गुरुङ्ग, कामसुङ्ग लामा, मुखिया थापा, दोर्जे गुरुङ्ग, दिपक गुरुङ्ग, मखिया राई, कर्मा वाङदेल गुरुङ्ग, टेनजेन शर्पा लामा, ज्यामयाङ गुरुङ्ग, मखिया गुरुङ्ग, सोनामा गुरुङ्ग र जीव्न गुरुङ्ग छन् ।

कार्यक्रमका आर्कषणहरु
१. हिउँ चितुवा र याक संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धित जनचेतना जगाउनका लागि मैत्रिपूर्ण फुटबल खेलः नेपालका ख्याति प्राप्त कालाकारहरु, खेलाडीहरु, मिस नेपाल वल्र्ड, मिस्टर नेपाल, मिस युनिभर्स नेपालले खेलमा भाग लिने र स्थानिय युवाहरु संग खेल खेल्ने ।
२. स्थानिय आमा समुह, युवा कल्लबद्धारा सांस्कृतिक कार्यक्रमको प्रदर्शन
३.हिमाल पारीको जिल्ला मनाङ सम्मको रमणिय यात्रा र बिभिन्न उचाईमा रहेका फुटबलका खेल मैदानहरु
४. हिउँ चितुवा वासस्थानको भ्रमण र डा. पारस विक्रम सिंह जसले हिमालमा कस्तुरी मृग, हिउँ चितुवामा बिगत दश वर्ष देखि अनुसन्धान गर्दै आउनु भएको छ र अमेरिकाबाट आउने वन्यजन्तु विज्ञ डा.जेफ मन्टी फेरिङ संग यात्रा र अन्तरक्रिया ।
५. वाइल्ड लाइफ फोटो ग्राफरहरु, विभिन्न मिडियाकर्मिहरु र स्थानिय सोसल एक्टिभिस्टहरु संग भेटघाट र अन्तरक्रिया गरिनेछ ।


प्रतिक्रिया