क्रिकेटर सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज पनि भएन सुनुवाइ
अखबार टुडे
प्रकाशित:
२०८०, १० भाद्र

काठमाडौं, १० भदौ । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा आज पनि सुनुवाइ भएन । जिल्ला अदालत काठमाडौंमा आज सो मुद्दा सुनुवाइका लागि पेसीमा चढेको थियो ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ मा राखिएको हो । मुद्दाको पेसीका कारण सन्दीप एसिया कपका लागि नेपाली टिम पाकिस्तान गए पनि उनी जान पाएका थिएनन् ।

आजै उनी पाकिस्तान जाने बताइएको छ । ३० अगस्टमा पाकिस्तानको मुल्तानमा नेपालले पाकिस्तानसँग एसिया कपको उद्घाटन खेल खेल्दै छ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्ने छ ।

प्रतिक्रिया