ललितपुर उद्योग वाणिज्य संघको अधिवेशन : यस्तो छ विश्वराजको प्यानल
अखबार टुडे
प्रकाशित:
२०८०, १० भाद्र

काठमाडौं, १० भदौं । ललितपुर उद्योग वाणिज्य संघलाई चुनावी चटारोले छोएको छ । आगामी असोज १९ गते हुने संघको ४४औँ साधारणसभा एवं अधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको हो ।

संघको आसन्न ४४औँ साधारणसभा तथा अधिवेशनमा हुने निर्वाचनका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष, युवा उद्यमी विश्वराज बज्राचार्यको प्यानलले अध्यक्षसहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

अध्यक्ष पदका बज्राचार्यले उम्मेदवारी घोषणा गरेका छन् भने उनकै प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान संस्थागत उपाध्यक्ष वीरेन्द्रलाल श्रेष्ठ, महासचिवमा वर्तमान कोषाध्यक्ष भुमी नन्दन कर्माचार्य र कोषाध्यक्षका लागि वर्तमान कार्यसमिति सदस्य मिलन शाक्यले उम्मेदवारी घोषणा गरेका छन् ।

संघको अधिवेशन असोज १९ गते ललितपुरको शंखमुलस्थित यल दरबारमा साधारणसभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया