ललिता निवास प्रकरण : संगठित अपराधमा मुद्दा नचलाउने निर्णय
अखबार टुडे
प्रकाशित:
२०८०, १० भाद्र

काठमाडौं, १० भदौ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिनामा संलग्नलाई सरकारी कागजात कीर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सरकारी लिखत कीर्ते र संगठित अपराधमा मुद्दा चलाउन सुझाव दिएको थियो ।

तर काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्धा नचलाउने निर्णय गरेको हो । संगठित अपराधमा मुद्दा चलाउनका लागि प्रमाण नपुग्ने भएकाले किर्तेमा मात्र मुद्दा चलाइएको बुझिएको छ ।

यस प्रकरणमा चार पूर्व मन्त्रीसहित २९० जनाविरूद्ध भर्खरै जिल्ला अदालतमा अदालतमा मुद्दा दायर भएको छ । सरकारी वकिल महेशप्रसाद खत्रीका अनुसार किर्ते गरेकोमा पुरानो मुलुकी ऐन बमोजिम कैद र जरिवाना माग गरिएको छ ।

यो प्रकरणमा किर्ते गर्ने अरू सर्वसाधारणलाई १ वर्ष कैद र मन्त्री, सचिवलगायत सरकारी कर्मचारीलाई थप दुई वर्ष सजाय माग गरिएको छ । १८ अर्ब केही बढी बिगो भराउन पनि यो मुद्दामा माग गरिएको उल्लेख छ ।

प्रतिक्रिया