एमाले अध्यक्ष ओलीले भने- सबै प्रकारका विभेद र असमानताको अन्त्य गरिनुपर्छ
प्रकाशित:
२०८०, ९ भाद्र

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् ।
शनिबार गृहनगर झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक न्याय प्राप्तिका लागि जात र धर्मका नाममा विभेद गर्न निमल्ने बताएका हुन् ।
उनले ‘कोशी’ सबै जातजाति, भाषाभाषीको अपनत्व हुने साझा नाम भएको समेत धारणा राखेका थिए । केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोशी प्रदेश नै उपयुक्त भएको उनले दाबी गरे । कोशी प्रदेश नामकरण हुँदा सबैलाई राम्रो हुने भन्दै अध्यक्ष ओलीले जातीयताका नाममा विवाद गर्न नहुने बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
