त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, ६ भाद्र

काठमाडौं, ६ भदौ । त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा बस खसेको हो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बस दुर्घटना हुँदा अन्य आठ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया