तीन दिनसम्म भदौरे झरी, सतर्कता अपनाउन आग्रह
अखबार टुडे
प्रकाशित:
२०८०, ६ भाद्र

काठमाडौं, ६ भदौ । काठमाडौं उपत्यकासहित देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशैभर बुधबार बिहानैदेखि वर्षा भएको हो ।

जल तथा मौसमविज्ञान विभागका अनुसार यो क्रम अझै तीन दिनसम्म चल्ने छ । केहीबेर पानी पर्न रोकिएपनि पछि पुनः पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

वर्षा जारी रहँँदा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी, खोला छेउछाउ बस्ने मानिसले आवश्यक सतर्कता अपनाउन मौसमविद् अधिकारीको आग्रह छ ।

प्रतिक्रिया