लोयल्टी एकेडेमीमा ११ कक्षाका विद्यार्थीलाई स्वागत
अखबार टुडे
प्रकाशित:
२०८०, ५ भाद्र

काठमाडौं, ५ भदौ । ठूलाबाट सानामा संस्कार हस्तान्तरण भन्ने मान्यतालाई आत्मसात गर्दै बुढानिलकण्ठ ९, मण्डीखाटा स्थित लोयल्टी एकेडेमीमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले शैक्षिक सत्र २०८० मा ११ कक्षामा भर्ना भएका विद्यार्थीलाई भदौ २ गते विद्यालयको सभाहलमा एक कार्यक्रमबीच स्वागत गरिएको छ ।

आफ्नै विद्यालय लोयल्टी एकेडेमी तथा काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न विद्यालयबाट लोयल्टी एकेडेमीमा कक्षा ११ मा भर्ना भएका र कक्षा १२ माअध्ययनरत विद्यार्थीहरुबिच आपसी चिनजान, पारिवारिक सौहार्दता तथा भातृत्व कायम राख्नका लागि आयोजित उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीले विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरुका साथ आफ्ना जुनियर भाइबहिनीहरुलाई खादा लगाई स्वागत गरेका थिए ।

आकर्षक नृत्य, मनछुने साङ्गितिक प्रस्तुतीहरु लगायत उत्साहजनक खेलहरु समावेश गरिएको उक्त कार्यक्रम दिउसो ३ बजेदेखि बेलुकी ७ बजेसम्म चलेको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य बीरेन्द्र कुरुम्बाङले भरखरै सार्वजनिक भएको कक्षा १२ को वोर्ड परीक्षामा देशभरबाट करिव ५१ प्रतिशत विद्यार्थीहरु मात्र उत्तीर्ण भएकामा लोयल्टी एकेडेमीबाट सम्मिलित सम्पूर्ण विद्यार्थीहरु ( शतप्रतिशत) उत्कृष्ट नतिजासहित उत्तीर्ण हुन सफल नतिजाले थप उत्साह र हौसला बढाएको जानकारी दिए ।

उनले उक्त गौरवमय इतिहासलाई कायम राखी रहन हालका कक्षा १२ का नियमित विद्यार्थीहरुलाई उत्साहित समेत गरे । विद्यालय परिवार, कक्षा ११ र १२ मा अध्यापनगर्ने शिक्षकहरुका विद्यार्थीहरु प्राचार्य कुरुम्बाङले भर्ना हुन चाहनेहरुका लागि कक्षा ११ मा विज्ञान समूहतर्फ सीट संख्या पुरा भइसकेको तथा व्यवस्थापन समूहमा भने २र४ सीटमात्र खालिरहेको जानकारी दिए ।

कक्षा ११ का भाइबहिनीहरुको समेत प्रस्तुती रहेको उक्त कार्यक्रम कक्षा १२ का आदित्य, सिल्बया र मनिशाले सञ्चालन गरेका थिए भने कार्यक्रममा को–अर्डिनेटर इन्द्रप्रसाद गौतमले ‘लोयल्टी एकेडेमी कक्षा ११,२०८०’ शिर्षकमा कक्षा ११ मा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुको कवितात्मक परिचय प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया