भक्तपुरमा करिब तीन सय जना रहेको सुधार गृहबाट भागे बालबालिका
अखबार टुडे
प्रकाशित:
२०८०, ४ भाद्र

काठमाडौं, ४ भदौ । भक्तपुरको बाल सुधार गृहबाट बालबालिकाहरु भागेका छन् । सोमबार दिउँसो सुधार गृह तोडफोड गरेर ती बालबालिकाहरु भागेका हुन् ।

भक्तपुर प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार सुधार गृहमा ३ सय जना जति बालबालिका थिए । भागेकामध्ये केहीलाई नियन्त्रणमा लिइएको पाठकको भनाइ छ ।

रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो । बलात्कार अभियोगमा दोषी ठहर उनी तीन बर्षदेखि सुधार गृहमा थिए ।

शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो । अस्पतालले केहीबेरमै मृत घोषणा गरेको थियो ।

बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका थिए । विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ ।

प्रतिक्रिया