मेस्सीको कप्तानीमा इन्टर मियामीलाई इतिहासकै पहिलो उपाधि
अखबार टुडे
प्रकाशित:
२०८०, ३ भाद्र

काठमाडौं, ३ भदौ । लिओनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि जितेको छ । फाइनलमा नाशभिल एफसीलाई टाइब्रेकरमा नाशभिल १०–९ गोलले पराजित गर्दै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो ।

निर्धारित समय एक/एक गोलको बराबरी भएपछि टाइब्रेकरमा पुगेको थियो । २३ औँ मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा फाफा पिकल्टले गोल गरेपछि खेल बराबरी भएको थियो । त्यसपछि थप गोल नभएपछि खेल सडन डेथसम्म पुग्यो ।

सन् २०२० मा स्थापित इन्टर मियामीको यो क्लब इतिहासकै पहिलो उपाधि हो । मेस्सी हालै इन्टर मियामीमा आबद्ध भएका थिए । टोलीले अपराजित रहेर उपाधि जित्दा कप्तान मेस्सीले हरेक खेलमा गोल गरेका थिए । देश र क्लबका लागि मेस्सीको यो ४४ औँ उपाधि हो । योसँगै उनले नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।

प्रतिक्रिया