काठमाण्डौको ढुङ्गेधारामा बसको ठक्करबाट दुई जनाको मृत्यु, एक बालिका घाइते
अखबार टुडे
प्रकाशित:
२०८०, ३ भाद्र

काठमाडौं, ३ भदौ । काठमाडौंको वनस्थलीस्थित ढुङ्गेधारामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

बालाजुबाट कलङ्कीका लागि छुटेको ना ५ ख ५०९२ नम्बरको बसले प्रदेश ०२–०३७प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक साँगाचोकगढीकी ३२ वर्षीया अनिता थापा र ठेगाना नखुलेका ३२ वर्षीय रामकुमार भारतीको ज्यान गएको हो ।

अनिता र रामकुमारको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।

दुर्घटनामा परेर नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन् ।टाउकोमा चोट लागेर घाइते भएकी बालिकाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको ढुङ्गेलले बताए ।

प्रतिक्रिया