‘मेरो डान्स युनिभर्स’को उपाधि थाइल्याण्डकी खुसीलाई, भ्वाइसतर्फ प्रितिम बने विजेता
अखबार टुडे
प्रकाशित:
२०८०, २ भाद्र

काठमाडौं, २ भदौ। नेपालमा पहिलोपटक आयोजना भएको संगीत तथा नृत्य रियालिटी शो गायनतर्फ प्रितम राई विजेता बनेका छन् । भारत सिक्किमका प्रितमले ‘मेरो भ्वाइस युनिभर्स’ उपाधिसँगै नगद एक करोड प्राप्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा आईतरबार साँझ अबेर सम्पन्न ग्राण्ड फिनालेका नृत्यतर्फ नेपाली मूलकी थाइल्याण्डकी खुसी कार्की विजेता बनेकी छन् । खुसीले ‘मेरो डान्स युनिभर्स’ उपाधिसँगै एक करोड रुपैयाँ पाएकी छन् ।

इन्ट्रा फाउण्डेशन अमेरिकाद्वारा आयोजित ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भोईस युनिभर्स’का विजेताहरुलाई प्रधानमन्त्री प्रचण्डले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रम प्रधानमन्त्री प्रचण्डलका अलावा सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउद, संस्कृतिमन्त्री सुदन किराती, उर्जामन्त्री शक्तिबहादुर बस्नेत लगायतका नेताहरुको पनि सहभागिता थियो । ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा सम्पन्न कार्यक्रममा कलाकारको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया