मौसम पूर्वानुमान : आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
अखबार टुडे
प्रकाशित:
२०८०, ३२ श्रावण

काठमाडौं, ३२ साउन । मौसममा केही सुधार भएपनि बिहीबार (आज) देशका केही स्थान भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बाँकी प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपालनजिकै रहेपनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको महाशाखाले जनाएको छ ।

आज बिहान गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । दिउँसो पनि केही ठाउँमा वर्षा जारी हुनेछ ।
केही ठाउँमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना भएकोले सतर्कता अपनाउन सरोकारवाला निकायले अनुरोधसमेत गरेका छन् ।

प्रतिक्रिया