मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय
प्रकाशित:
२०८०, २८ श्रावण
काठमाडौं, २८ साउन । माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन मन्त्री मोदीलाई फिर्ता बोलाएको हो । अब मोदीको ठाउँमा जनमत पार्टीकी सांसद अनिताकुमारी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने तयारी छ ।
प्रतिक्रिया