देशभरका पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध
अखबार टुडे
प्रकाशित:
२०८०, २८ श्रावण

काठमाडौं, २८ साउन । शनिबारदेखि परेको अविरल वर्षाका कारण देशभरका पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।

बर्षाका कारण चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर कोरिडोर), तानसेन–रिडी–कोरला, डुम्रे बेशीसहर–चामे, मदनभण्डारी राजमार्ग र कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

अवरुद्ध भएका सडकहरू खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । विभागको अनुसार ४१ राजमार्ग भने आंशिक सुचारु छन् । यस्तै, १४५ सडक अवरुद्ध भएपश्चात् अहिले सुचारु भएको विभागले जनाएको छ ।

प्रतिक्रिया