ओली भन्छन्- अहिले भन्सारमा जे छुँदा पनि सुन निस्किन्छ
अखबार टुडे
प्रकाशित:
२०८०, २८ श्रावण

काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दैनिक सय किलो अवैध सुन भित्रिरहेको दावी गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दिनकै विभिन्न भन्सारबाट अवैध तरिकाले दैनिक सय किलो सुन नेपाल भित्रिरहेको दावी गरेका हुन् । अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली भने, ‘ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, एउटा आइटम सुन अर्को आइटम सुन, जे ल्याउँदा नि सुन निस्किने गरेको छ ।’

कैयौं भन्सारमा चेकजाँच नै नहुने दावी गर्दे ओलीले भने, ‘अरू नाकाहरू चेक नै भएको छैन । राजश्व किन उठ्दैन, किनभने भन्सारबाट कारोबार नै हुँदैन ।’ यी सबै कुरामा सरकारको संलग्नता के छ राम्ररी हेर्न र छानबिनका लागि एमालेले समिति बनाउन माग गरेको भएपनि सरकार डराइरहेको बताए ।

प्रतिक्रिया