प्रदेशको नामकरणप्रति असन्तुष्टसँग वार्ता गर्न प्रतिवद्ध छु : मुख्यमन्त्री थापा
अखबार टुडे
प्रकाशित:
२०८०, २६ श्रावण

विराटनगर, २६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

शुक्रबार वक्तव्य जारी गर्दै उनले प्रदेशको नाममा प्रदेशवासीको अपनत्व हुनुपर्नेमा विवाद नरहेको उनको भनाइ छ । प्रदेशको नामाकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य भएको बताउँदै उनले भने, ‘प्रदेश सरकार यसमा दृष्ट र प्रष्ट छ ।’

प्रदेशसभामा रहेका दलहरुबीच सहमति कायम गर्दै प्रदेशको नाममा उठेका प्रश्न लगायतका समस्याको मसाधान गर्ने मुख्यमन्त्री थापाले प्रतिवद्धता जनाएका छन् । साथै, यसमा सहयोग गर्न सबै दल र आन्दोलनरत पक्षलाई उनले आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया