नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा कांग्रेसका सांसद शर्मा पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८०, २५ श्रावण

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।

भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी सीआईबीले जनाएको छ । उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए । उनी मेडिकल कलेज सञ्चालक पनि हुन् । उनी मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस सांसद हुन् ।

सांसद शर्मासँगै बिहीबार नै सीआईबीले शिक्षण अस्पतालका डाक्टर अमृत चौधरीलाई पनि पक्राउ गरेको छ । यस्तै, अर्का चिकित्सक रन्जितकुमार यादव पनि पक्राउ परेको स्रोतले जनाएको छ । तर, सीआईबीले यसबारे आधिकरिक रुपमा जानकारी दिएको छैन ।

उनीहरुलाई सीआइबीले नक्कली डाक्टर खोजी गर्ने ‘फक्सट्रट चार्ली अपरेशन’ अन्तर्गत फक्राउ गरेको बताइएको छ । सीआईबीले यो अपरेशन देशभरि नै चलाइरहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया