यशकुमारको गीतमा मकै बेच्ने युवती र नगप्रहरीबीचको प्रेम (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, २४ श्रावण

काठमाडौं, २४ साउन । गायक यशकुमारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सुस्तरी सुस्तरी’ बोलको गीतलाई फिल्मी शैलीमा निर्माण गरिएका छ ।

गायक यशकुमारले मंगलबार आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘सुस्तरी सुस्तरी’ गीतलाई सार्वजनिक गरेका हुन् । गायनमा उनलाई अनु चौधरीले साथ दिएकी छन् ।

काठमाडौं महानगरका मेयर बालेन साहले सडकपेटी र गल्लीमा फुटफाट पसलेमाथि धरपकड गर्दै आएको छ । यसैलाई लक्षित गर्दै यो म्युजिक फिल्म तयार गरिएको छ ।

यश कुमारको शब्द र संगीत रहेको गीतमा एसके बच्चाले संगीत संयोजन गरेका छन् । गीतको भिडिओमा सडकमा मकै बेचेर गुजारा गरिरहेकी युवती र नगरप्रहरीबीचको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ ।

निकेश खड्काले निर्देशन गरेको म्युजिकल फिल्ममा यश कुमार, अनु थापा, राजेश घतानी, पन्छी तामाङ, अनिता लामालगायत कलाकारको अभिनय छ ।

उत्तम हुमागाईंले छायांकन गरेको गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । यश कुमारकै कथा रहेको यस भिडियोमा संवाद समेत रहेको छ ।

भिडियो :

प्रतिक्रिया