एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
अखबार टुडे
प्रकाशित:
२०८०, २४ श्रावण

काठमाडौं, २४ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि प्रतिनिधिसभा बैठकमा फेरी स्थगित भएको छ ।आजको बैठक सुरु हुन साथ एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठकको शुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मङ्गलवारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरूको विरोध जारी रहने बताए ।

सभामुखले बैठक सञ्चालन गर्न सघाउन पटक–पटक आग्रह गरे पनि एमालेले नाराबाजी गर्दै बेल घेराउ गरेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्काे बैठक साउन २६ गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया