मनाइयो अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस
अखबार टुडे
प्रकाशित:
२०८०, २४ श्रावण

काठमाडौं, २४ साउन । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार ‘इन्डिजिनियस यूथ एज एजेन्ट्स अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

दिवसका अवसरमा आज काठमाडौंमा नेपाल जनजाति महासंघले भृकुटीमण्डपबाट ¥यालीसहित विभिन्न कार्यक्रमको आयोजनामा गरी मनाएको छ । यस अवसरमा महासंघले दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । उक्त दिवसका लागि संयुक्त राष्ट्रसंघको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् ।

प्रतिक्रिया