बाढी पहिरोका कारण १२ जिल्लाका मुख्य राजमार्ग अवरुद्ध (विवरणसहित)
अखबार टुडे
प्रकाशित:
२०८०, २३ श्रावण

काठमाडौं, २३ साउन । गए रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरका विभिन्न क्षेत्रका राजमार्ग अवरुद्ध भएका छन् । अविरल वर्षापछि देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो गएसँगै १२ जिल्लाका मुख्य राजमार्ग अवरुद्ध बनेको हो ।

११ बजेसम्मको अपडेटअनुसार पहिरो खसेर म्याग्दीको रघुगंगा गाउँपालिका– ३ बेशरीस्थित बेनी जोमसोम सडकखण्ड, नुवाकोटको पासाङल्हामु सडकखण्ड, मकवानपुरको कान्ती लोकपथ सडकखण्ड अवरुद्ध भएको छ ।

यस्तै सिन्धुलीको विपी राजमार्ग, काभ्रेको विपी राजमार्ग, पाचँथरको तमोर करिडोर, चितवनको नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी, बाग्लुङको कालीगण्डकी करिडोर, प्युठानको भालुवाङ सडकखण्ड,पाल्पाको सिद्धार्थ राजमार्ग एकतर्फी, कैलालीको भीमदत्त राजमार्ग र डडेलधुराको बतुहर जोगबुढा भित्री सडकखण्ड अवरुद्ध भएको छ । विभिन्न ठाउँको पहिरो पन्छयाउने काम भइरहेको प्रहरीले जनाएकमो छ ।

प्रतिक्रिया