अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा
अखबार टुडे
प्रकाशित:
२०८०, २३ श्रावण

काठमाडौं, २३ साउन । अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको हो ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्येश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यसैगरी भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । बाढीकै कारण काठमाडौंको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको नीलो पुल र मूलपानी क्षेत्र डुबानमा परेको छ ।

प्रतिक्रिया