तीन बैंकलाई राष्ट्र बैंकको कारबाही, हिमालयनलाई एक करोड ३९ लाख जरिवाना
अखबार टुडे
प्रकाशित:
२०८०, २२ श्रावण

काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले प्राइम कर्मसियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो ।

प्रभु बैंकले तोकिएकोभन्दा बढी ब्याज लिएको, कर्जा नोक्सानी व्यवस्था सही रुपमा कायम नगरेको र जोखिम सम्पत्तिको भारको गणना सही रुपमा नगरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

त्यस्तै, कुमारी बैंकले गत माघ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको कारण ५९ लाख ६३ हजार रूपैयाँ जरिवाना गरिएको छ । हिमालयन बैंकले पनि गत कात्तिक महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेपछि एक करोड ३९ लाख रूपैयाँभन्दा केही बढी जरिवाना गरिएको हो ।

प्रतिक्रिया