संसदीय समितिको सभापतिमा मिल्यो भागवण्डा, रास्वपा र राप्रपाले पाएनन्
अखबार टुडे
प्रकाशित:
२०८०, २२ श्रावण

काठमाडौं, २२ साउन । संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागण्बडा मिलेको हो ।

सोमबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, जसपा, एकीकृत समाजवादी र जनमत एक–एक समितिको सभापति भागमा परेको छ ।

सहमति अनुसार लेखा समिति,महिला समिति र राज्यका निर्देशक सिद्धान्त समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाउने छ । अर्थ, कृषि, संसदीय सुनुवाइ र राज्य व्यवस्था समिति नेपाली कांग्रेसले पाउने सहमति छ ।

यसैगरी कानुन र विकास समिति माओवादी केन्द्रले, अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाले, उद्योग समिति जनमतले र शिक्षा समितिको सभापति एकीकृत समाजवादीले पाउनेछ । अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपालाई परेको छ ।

प्रतिनिधिसभातर्फ १० वटा र संयुक्त २ वटा संसदीय समितिहरु रहेका छन् । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने भागबण्डामा परेनन् ।

प्रतिक्रिया