एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक आज पनि स्थगित
अखबार टुडे
प्रकाशित:
२०८०, २२ श्रावण

काठमाडौं, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोधगरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको हो ।

आजको बैठक प्रारम्भ हुन साथ एमाले सांसद अवरोध गरेका थिए । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विरोध र दबाबको शैलीलाई परिमार्जन गर्दै बैठक अगाडि बढाउन आग्रह गर्दै बारम्बार प्रतिपक्षी सांसदलाई बस्न आग्रह गरको थियो ।

एमाले सांसदहरूले आसनबाट उठेर विरोध कायमै राखेकाले उनले सभाको अर्को बैठक यही साउन २४ गते बुधबार अपराह्न १ बजे बस्नेगरी स्थगित गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर झण्डै एक सय किलो सुन बाहिरिएको विषयमा उच्चस्तरीय समिति नबनाएसम्म एमालेले सदन चल्न नदिने बताउँदै आएको छ ।

यही साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अवस्थामा करिब एक सय किलो सुन बरामद गरेको थियो ।

प्रतिक्रिया