ललिता निवास प्रकरण : विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
अखबार टुडे
प्रकाशित:
२०८०, २२ श्रावण

काठमाडौं, २२ साउन । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली काँग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक जना राज्यमन्त्रीविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले गच्छदारसहित तीन मन्त्री र एक जना राज्यमन्त्रीविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको जानकारी दिए ।

उनका अनुसार अदालतले तत्कालीन भौतिक योजना मन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टकला र भूमिसुधार मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यस प्रकरणमा ब्युरोले यस अघि २० आरोपीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्व उपप्रधानमन्त्री, तीन पूर्व मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया