
जुम्ला, २१ साउन । भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी ज्यान गएका जुम्ला पातारासीका ११ जनाको परिचय खुलेको छ । ज्यान जानेमा एकै घरका सात जना छन् ।
ज्यान जानेकमा पातारासी–२ का एकै परिवारका ३० वर्षीय अमर बोहोरा, उनकी श्रीमती अनिता बोहोरा, छोरीहरु सलिता बोहोरा, पिंकी बोहोरा, प्रीती बोहोरा, छोराहरु जटिल बोहोरा र वकिल बोहोरा रहेका छन् ।
५५ वर्षीय धर्मराज बुढा र २४ वर्षीय चन्ने कामी पनि सोही ठाउँका हुन् । यस्तै, पातारासी–३ का ३८ वर्षीय बम बोहोरा र ४६ वर्षीय सुकराम रावत रहेका छन् । पहिरोमा पुरिएर कालिकोटका ५ जना वेपत्ता भएको बताईएको छ ।
बिहीबार रातिबाट परेको वर्षासँगै खसेको पहिरोमा नेपालका १६ तथा भारतका ३ जना बेपत्ता भएका हुन् । पहिरोले उनीहरू बसेको होटल नै बगाएको थियो । हराईरहेकाहरुको अझै खोजी भइरहेको छ ।
