भारतको गौरीकुण्डमा पहिरोले होटल बगाउँदा दर्जन बढी नेपाली बेपत्ता
अखबार टुडे
प्रकाशित:
२०८०, १९ श्रावण

जुम्ला, १९ साउन । भारतको केदारनाथस्थित गौरीकुण्डमा पहिरो जाँदा दर्जन बढी नेपाली बेपत्त भएका छन् । पहिरोले उनीहरू बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् ।

दिल्ली दूतावासका अनुसार १६ जना नेपाली र ३ भारतीय गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा बिहीबार राति ११.३० बजे पहिरोमा परी हराएको सूचना प्राप्त भएको हालसम्म ३ जनाको शव भेटिएको तर पहिचान खुल्न सकेको छैन ।

मृत्यु हुनेमा जुम्ला पातारासी गाउँपालिकाका धेरै रहेको बुझिएको छ । उनीहरू व्यापारका सिलसिलामा केदारनाथ पुगेका थिए । पहिरोले गौरीकुण्डमा रहेका तीनवटा होटल बगाएको बताइएको छ ।

प्रतिक्रिया