एक क्विन्टल सुन प्रकरण : भन्सार एजेन्ट रुक्मिना ‘जिम्मा जमानी’मा रिहा
अखबार टुडे
प्रकाशित:
२०८०, १९ श्रावण

काठमाडां, १९ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ ।

उनी क्यान्सर पीडित भएको हुनाले बोलाएको बेलामा उपस्थित हुने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार घाँटीमा क्यान्सर देखिएकोले उपचारका लागि रिहा गरिएको हो । सुब्बा भन्सार एजेन्ट हुन् । उनी यस प्रकरणमा संलग्न भएको वा नभएको टुंगो छैन ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको करिब ८० देखि १ सय किलो सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’ मा संलग्न आरोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।

प्रतिक्रिया