बेइजिङमा अहिलेसम्मकै धेरै बर्षा, बाढी र डुबानका कारण कम्तीमा २० जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८०, १७ श्रावण

काठमाडौं, १७ साउन (एजेन्सी) । चीनमा भारी वर्षापछि आएको बाढी र डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको छ । चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि लगातार परेको वर्षाले उक्त मानिसको ज्यान गएको हो ।

बाढी र डुबानका कारण अन्य २७ जना बेपत्ता भएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् । सडक, रेल वे र विमानस्थलमा पनि बाढी पसेको छन् । डोक्सुरी टाइफुनका कारण पछिल्ला दिनमा बेइजिङमा भारी वर्षा भएको बताइएको छ ।

समाचार संस्था एपीका अनुसार चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको बताएका छन् । जुन अहिलेसम्मको रेकर्डमा लगातार पाँच दिनमा यति धेरै पानी कहिल्यै पनि परेको थिएन । १४० वर्षअघि बेइजिङमा वर्षाको मापन गर्न थालिएको थियो ।

प्रतिक्रिया