बेइजिङमा अहिलेसम्मकै धेरै बर्षा, बाढी र डुबानका कारण कम्तीमा २० जनाको मृत्यु
प्रकाशित:
२०८०, १७ श्रावण

काठमाडौं, १७ साउन (एजेन्सी) । चीनमा भारी वर्षापछि आएको बाढी र डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको छ । चीनको राजधानी बेइजिङमा गत शनिबारदेखि लगातार परेको वर्षाले उक्त मानिसको ज्यान गएको हो ।
बाढी र डुबानका कारण अन्य २७ जना बेपत्ता भएका छन् भने हजारौं मानिस विस्थापित भएका छन् । सडक, रेल वे र विमानस्थलमा पनि बाढी पसेको छन् । डोक्सुरी टाइफुनका कारण पछिल्ला दिनमा बेइजिङमा भारी वर्षा भएको बताइएको छ ।
समाचार संस्था एपीका अनुसार चिनियाँ मौसमविद्हरूले गत शनिबारदेखि बुधबार बिहानसम्म बेइजिङ र आसपासका क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको बताएका छन् । जुन अहिलेसम्मको रेकर्डमा लगातार पाँच दिनमा यति धेरै पानी कहिल्यै पनि परेको थिएन । १४० वर्षअघि बेइजिङमा वर्षाको मापन गर्न थालिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
